हार्डवेयर पसलमा आगलागी हुँदा २० लाखको धनमाल नष्ट

समाचार

महोत्तरी, २५ भाद्र । पिपरा गाउँपालिका–१ ढेकहा चोकस्थित सोही गाउँपालिका–४ पिपरा टोल बस्ने रेखा महासेठको हार्डवेयर पसलमा आगलागी भएको छ ।

विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा विभिन्न किसिमको हार्डवेयरको सामानहरू जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ