काठमाडौं, २५ भाद्र । संघीय राजधानी काठमाडौंमा सक्रिय रहेका विभिन्न नाई श्रमिक संगठनहरु मिलेर ‘संयुक्त नाई श्रमिक व्यवसायी संघ’ घोषणा गरेका छन् ।
सोमबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा विभिन्न नाई श्रमिक संगठनहरुले रामशिला देवी ठाकुरको अध्यक्षतामा ९ सदस्यीय संयुक्त श्रमिक व्यवसायी संघ घोषणा गरिएको हो ।
गजेन्द्र ठाकुर नेतृत्वको नेपाल नाई ट्रेड युनियन, बबलु ठाकुर नेतृत्वको अखिल नेपाल नाई मजदूर संघ र राजेश ठाकुर नेतृत्वको नेपाल नाई संघ उपत्यका समितिले संयुक्त नाई श्रमिक व्यवसायी संघ गरेका छन् ।
संघका उपाध्यक्षमा राजेश ठाकुर, महासचिवमा गजेन्द्र ठाकुर, सचिव महादेव ठाकुर र कोषाध्यक्षमा नागेन्द्र ठाकुर रहेका छन् ।
यसैगरी सदस्यहरुमा मो.जोबैर, गंगा ठाकुर, बिजुली ठाकुर र अच्छेलाल ठाकुर रहेका छन् ।
तपाईको प्रतिक्रिया