जनकपुरधाम, २६ भाद्र । लामो समयदेखि ‘क्यान्सर’बाट पीडित जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रिय सदस्य एवं मधेश प्रदेशका प्रदेश सभा सदस्य विन्दु कुमारी यादवको निधनप्रति मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले दुःख व्यक्त गरेका छन् ।
अर्थमन्त्री यादवले शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘उहाँको देहावसानले मधेशलाई अकल्पनीय र अपूरणीय क्षति भएको छ । पहिचानवादी अधिकारका लडाईमा सुरुदेखि नै अग्रणी भूमिकामा रहनुभएका उहाँको यो योगदान सदैव अविस्मरणीय हुनेछ ।’
मधेश प्रदेशले एउटा कुशल, क्रान्तिकारी योद्धा महिला नेतृका साथै आन्दोलनकारी समेत गुमाएको छ ।
‘स्वर्गीय विन्दुकुमारी यादव प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो सम्वेदना ।’ उनले भनेका छन् ।
तपाईको प्रतिक्रिया