कलैया, २७ भाद्र । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका ८ जिल्लाका अध्यक्षले निकालेको संयुक्त प्रेस विज्ञप्तिप्रति यतिबेला मधेश प्रदेशका पत्रकारहरु चौतर्फी विरोध गरिरहेका छन् ।
विज्ञप्तीमा ८ जिल्लाका अध्यक्षको नामसहित हस्ताक्षर भए पनि सप्तरी जिल्ला अध्यक्ष श्रवन देव एक हप्तादेखि भारत भ्रमण रहेको तथ्य खुलेको छ ।
उनी आफ्ना सहकर्मी शिव नारायण साहसँग भारत भ्रमणमा भए पनि उनकोसमेत किर्ते हस्ताक्षर गरी मधेस प्रदेश अन्तर्गतका जिल्लाहरूका संचारकर्मीहरुको सदस्यता हटाउने प्रपन्चमा लागेको आरोप छ ।
नेपाल प्रेस युनियन केन्द्रिय कार्यसमितिका उपाध्यक्ष अनिल कर्णले मधेश प्रदेशमा पत्रकार महासंघका अध्यक्षहरुद्वारा भइरहेको गतिविधिलाई आफूले गम्भीरता पुर्वक नियालिरहेको बताए ।
उनले संघीय संरचनालाई लत्याएर अध्यक्षहरुले आफ्नो उद्देश्य प्राप्ती नभएपछि प्रदेश समितिमा हिलो छ्याप्ने काम गर्नु दुःखद रहेको बताए ।
उनले यो कदम नसच्चयाए पत्रकार महासंघ मधेश प्रदेशका जिल्लाहरुका अध्यक्षहरुविरुद्ध आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताए ।
प्रेस युनियन मधेस प्रदेश महासचिव अजय साहले नेपाल पत्रकार महासंघ कै विधानअन्तर्गतनै प्रदेश महासंघ पनि गठन भएको र सोही विधान अनुसार गठित जिल्ला महासंघका अध्यक्षहरुले व्यक्तिगत स्वर्थपूर्तीको लागि आफूले गरेको निर्णय विधान अनुसार हुने र सोही विधाकन अनुसार गठन भएको माथिल्लो निकाय गलत भन्नु कतिको ठिक छ? यो सोचनिय र गम्भीर विषय हो भनी समाजिक सञ्जालमार्फत लेखेका छन् ।
यसैगरी मधेस प्रदेशका ८ जिल्लाका अध्यक्षहरुले निकालेको संयुक्त प्रेस विज्ञप्ति विरुद्ध सर्लाहीका दुई पत्रकार संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन सर्लाही र नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका ८ जिल्लाका अध्यक्षहरुले निकालेको संयुक्त प्रेस विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन ।
नेपाली पत्रकारिताको प्रवद्र्धन तथा श्रमजीवी पत्रकारहरुको अधिकार सुनिश्चित गर्न सक्रिय भुमिका निर्वाह गर्नुपर्ने र संगठनलाई मजबुत बनाउने सम्पुर्ण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ मधेस प्रदेशका जिल्ला अध्यक्षहरुले आफू अनुकूलको सदस्यता नभए आन्दोलन गर्ने धम्की दिनु आफैँमा आपतिजनक रहेको दुई संगठनद्वारा विज्ञप्तिमा उल्लेख छ ।
संघिय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्था अनुसार संघीय संरचनालाई अस्वीकार गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका आठै जिल्लका जिल्ला अध्यक्षहरुले निकालेको विज्ञप्ति उचित नरहेको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारणसभा र लुम्बिनी भेलाबाट पारित १५ बुँदे मापदण्ड नेपाल पत्रकार महासंघको विधान संसोधनसगै भएका निर्णय भएकाले यसलाई पालना गर्नु हरेक पत्रकारहरुको जिम्मेवारी र दायित्व रहेको भएपनि मधेश प्रदेशका आठै जिल्लाका अध्यक्षहरुले अड्डी कसिरहदा देशै भरका प्रदेश महासंघ पनि सोहि संस्थाको बिधान अनुसार गठन भएका हुन भन्ने बिर्सन नहुने विज्ञप्तीमा उल्लेख छ ।
व्यक्तिगत उद्देश्य पूर्तिको लागि आफुले गरेको निर्णय विधान अनुसार हुने र सोहि विधान अनुसार गठन भएको माथिल्लो निकाय गलत भन्नु कत्तिको ठिक हो ? यो सोचनिय र गम्भीर विषय हो । विज्ञप्तीमा भनिएको छ ।
नेपाल प्रेस युनियन सर्लाही र प्रेस सेन्टर जिल्ला समन्वय समिति सर्लाही रही सक्रियतापूर्वक पत्रकारीता गरिरहेका सर्लाहीका श्रमजीवी पत्रकारहरुको सदस्यता नवीकरण र नयाँ सदस्यता सिफारिस नगरि नेपाल पत्रकार महासंघ जिल्ला कार्य समितिका पत्रकारहरुलाई समेत बैठकमा नबोलाई अध्यक्षहरुले गरेको निर्णय कदापी श्रमजीवी पत्रकारहरुको पक्षमा नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आफु अनुकुलका सदस्यलाई मात्र सदस्यता दिने र सदस्यता नवीकरण सिफारिस गर्ने कार्यको नेपाल प्रेस युनियन सर्लाही
घोर निन्दा गर्दछ,झयुनियन सर्लाही अध्यक्ष कृष्ण प्रसाद थपलिया र सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाही,सचिव रितिक अधिकारीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तिमा लुम्बिनी घोषणापत्र विपरित सक्रिय पत्रकारलाई गैर पत्रकारको बिल्ला भिराएर सदस्यता समाप्ति पार्ने नियतका साथ उत्रिएकाहरूको भत्सर्ना गरिएको छ ।
नयाँ सदस्यता तथा सदस्यता नविकरणका लागि नेपाल पत्रकार महासंघ प्रदेश र केन्द्रमा समेत उजुरी व्यावस्था अनुसार पुनः सदस्यता पाएका श्रमजीवि पत्रकारहरुको सदस्यता खोस्ने षड्यन्त्रका साथ जारी गरिएको विज्ञप्तीलाई नेपाल प्रेस युनियन सर्लाही र प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाही कदापी स्वीकार गर्दैन् ,झ विज्ञप्तिमा उल्लेख छ। संघिय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्थालाई चुनौती दिँदै सम्बन्धीत निकायहरुको अस्तित्वत्लाई नै अस्विकार गर्नुले शाखा अध्यक्षहरुको मनोमानि र एकलौटी निर्णय प्रष्ट देखिन्छ विज्ञप्तिमा भनिएको छ ।
सदस्यता नविकरण र नयाँ सदस्यता पाउन सर्लाही लगायत मधेश प्रदेशका सबै जिल्लाबाट फरक फरक सिफारिस जानुले पनि सम्बन्धीत जिल्लाका अध्यक्षहरुको नियत प्रष्ट हुन्छ ।विभिन्न वाहना बनाएर सक्रिय रुपमा पत्रकारीता गरि रहेका पत्रकार साथीहरुको सदस्यता खोस्ने काम भएमा नेपाल प्रेस युनियन सर्लाहीसहित प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाही र अन्य विभिन्न पत्रकारहरुका संघ–संगठनहरु कडा आन्दोलन गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी अध्यक्षहरूले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया