४० किलो गाँजा बरामद

समाचार

मोरङ, २७ भाद्र । बिराटनगर महानगरपालिका–१४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४० केजी मंगलबार राति प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीलाई देख्नासाथ को.१७ प ८६३ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात मोटरसाइकलमा रहेको झोला जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ