बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

समाचार

बाँके, २७ भाद्र । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बैजनाथ गाउँपालिका–८ पिपिरी बस्ने २१ वर्षीय गणेश सुस्लिङ मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती बालिकालाई ललाई फकाई गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ