कृषि तथा पशुपंक्षी फर्ममा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

समाचार

कैलाली । गौरीगंगा नगरपालिका–१० उदासीस्थित श्री सिगास बहुउद्देशीय कृषि तथा पशुपंक्षी फर्ममा आगलागी भएको छ ।

आगलागी हुँदा बाख्राको खोर, गहुँको भुसा, काठका कडी र फ्रेमहरू जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ