नियन्त्रित लागूऔषधसहित युवक पक्राउ

समाचार

कपिलवस्तु, ३० भाद्र । शुद्धोधन गाउँपालिका–१ सोहसाबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

नियन्त्रित लागूऔषध स्पास्मो ७२ ट्याबलेट, नाइट्रोभेट १४ टयाब्लेटसहित कपिलवस्तु मायादेवी गाउँपालिक–१ पकडी बस्ने २० वर्षीय बिष्णु गैरेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बहदीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।

थप अनुसन्धानको क्रममा सोही गाउँपालिका–२ सानो नन्दनगर बस्ने ५१ वर्षीय रामनाथ अहिरबाट उक्त लागूऔषध किनेर ल्याएको भन्ने खुल्न आएपछि ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा नियन्त्रित लागूऔषध स्पास्मो ९ सय ट्याब्लेट , नाइट्रोभेट १६ ट्याब्लेट, एसकोडिल १ सय एमएलको १ बोतल र नगद ४४ हजार ६० रुपैयासहित फेला पारी रामनाथलाई समेत पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ