तमलोपाले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने

समाचार

जनकपुरधाम, ३१ भाद्र । वृषेशचन्द्र लाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीले संविधान दिवस असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ ।

तमलोपाका कार्यवाहक अध्यक्ष डा.विजयकुमार सिंहले आइतबार एक विज्ञप्ति जारी गर्दै असोज ३ गते मधेश र मधेशीलगायतकाहरुका लागि कालो दिन रहेकाले यस दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको जनाएका छन् ।

कार्यवाहक अध्यक्ष डा. सिंहले आम समुदायलाई यस कार्यक्रममा सहभागिताका लागि अनुरोध समेत गरेका छन् ।

असोज ३ गते कालो दिन मनाउने भएकाले बुधबार विहान जनकपुरधामको विभिन्न चोकमा कालो झण्डा राख्ने र बेलुकी जनकपुरधामस्थित भानु जनक चोकमा सार्वजनिकरुपमा विरोध कार्यक्रम गरी असोज ३ कालो दिन मनाउने निर्णय गरेको तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ