मधेश प्रदेशबाट जसपाको संगठन विस्तार अभियान सुरु

समाचार

जनकपुरधाम, ३१ भाद्र । जनता समाजवादी पार्टी नेपालको सङ्गठन विस्तार अभियानको थाली मधेश प्रदेशको राजधानी जनकपुरधामबाट सुरुवात भएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सभाहलमा सङ्गठन विस्तार अभियानको शुभारम्भ गरेका छन् ।

सङ्गठन विस्तार अभियानको शुभारम्भ कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, पार्टीका उपाध्यक्ष लालबाबु राउत सहितका नेताहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा सहभागी भएका नेताहरूले पार्टीको सङ्गठन विस्तारको कार्यमा कार्यकर्ताहरूलाई जुट्नका लागि आग्रह गरे । सङ्गठन विस्तार कार्यक्रममा विभिन्न नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रममा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय सदस्यहरु, मधेश प्रदेश सरकारमा रहेका मन्त्रीहरू, संघीय संसद् तथा प्रदेश सभाका सदस्यहरु, पार्टीका जिल्ला अध्यक्षहरू, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरू तथा अगुवा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ