नेपालगन्ज, ३१ भाद्र । विद्यार्थीलाई कुलतबाट जोगाउन वडा प्रहरी कार्यालय नेपालगन्जले लागु औषध दुर्व्यसन रोकथामसम्बन्धी चेतनामूलक अभियान सञ्चालन गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक हरिबहादुर बिसीले विद्यार्थी र युवालाई लागु औषधको दुर्व्यसनका बारेमा सेचत गर्न अति आवश्यक ठानेर सुमदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो जनचेतनामूलक अभियान चलाइएको बताएका छन् ।
उनले यो अभियान अन्तर्गत जोखिम क्षेत्रका विद्यालयमा प्रहरीले पुगेर विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागु औषधबाट हुने हानि र त्यसका असरबारे जानकारी गराएर सचेत पार्ने कार्य शुरु गरिएको बताए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सञ्चालन गरिएको ‘लागूऔषध दुर्व्यसन रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत नेपालगन्ज ११ मा रहेको नारायण उच्चमाविमा सेचतनामूलक प्रशिक्षण गरिएको छ ।
सो कार्यक्रममा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी सहायक निरीक्षक हिक्मतराज रेग्मीले कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्रा र शिक्षकहरुलाई लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणसम्बन्धी प्रशिक्षण प्रदान गर्नुका साथै सचेतनामूलक पर्चा, पम्लेट पनि वितरण गरेका छन् ।
तपाईको प्रतिक्रिया