एक राउण्ड गोली लोड भएको नलकटुवा बन्दुक बरामद

समाचार

सर्लाही, १ असोज । ईश्वरपुर नगरपालिका–६ बयलबासबाट एक राउण्ड गोली लोड भएको नलकटुवा बन्दुक सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँ बस्ने जितन साहको घरमा अज्ञात व्यक्ति घरभित्र प्रवेश गरेको अवस्थामा हो–हल्ला गर्दा अज्ञात व्यक्ति फरार भएको र घर अगाडि बाटोमा हातहतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ