ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

मोरङ, २ असोज । विराटनगर महानगरपालिका–१७ मटेरूवाबाट अवैध लागूऔषध ब्राउनसगुर १० ग्राम ३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका–२० बस्ने ३७ वर्षीय अमृत पुरी र सुनसरी धरान उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय सुसान्त रिजाल रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प २७१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ