कपिलवस्तु, २ असोज । आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
हत्या अभियोगमा वाणगंगा नगरपालिका–८ पुलचोक बस्ने २६ वर्षीय बिकाश परियारललाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको क्रममा बिकाशले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया