जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

समाचार

कैलाली, ५ असोज । गोदावरी नगरपालिका–४ बास्कोटा बस्ने लोक बहादुर खड्काको पसलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

सोही नगरपालिका–४ बस्ने ५५ वर्षीय मनिराज महतासमेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ