बालबन्दीहरूबीच झडप हुँदा एक जनाको मृत्यु

समाचार

बाँके, ५ असोज । डुडुवा गाउँपालिका–६ आसमानपुर हिरमिनियास्थित जयेन्दु बाल सुधार गृहमा बालबन्दीहरूबीच बिहीबार राति आपसी विवाद भई झडप हुँदा रूपन्देही वतन भएका १८ वर्षीय बालबन्दीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

जम्मा २ सय ५४ जना बालबन्दीहरू रहेको उक्त सुधार गृहमा बालबन्दीहरूबीच झडप भएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको टोलीले घाइतेहरूलाई नर्सिङहोम नेपालगंज लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो भने अन्य १० जनाको उपचार भइरहेको छ ।

झडपका क्रममा फरार रहेका २५ जनालाई खोजी गर्ने क्रममा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ । सुधार गृह भवन, सवारी साधनहरूमा तोडफोड हुनुका साथै कागजपत्र र फर्निचरमा समेत क्षति पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ