मोरङ, ५ असोज । बेलबारी नगरपालिका–८ चिसाङ पुलमा बा.७९ प ७०८४ नम्बरको मोटरसाइकल अन्यन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ दुर्घटना हुँदा चालक सप्तरी कन्चनरुप नगरपालिका–१२ बस्ने ४० वर्षीय राजेश कुमार कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बेलबारी नोबेल अस्पताल हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया