रूपन्देही, ५ असोज । सैनामैना नगरपालिका–११ ओखडा बस्ने ८१ वर्षीय पूर्ण भद्र रेग्मीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
आफ्नै गोठमा काम गर्ने क्रममा बिद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया