महासंघद्वारा सामान्य प्रशासनमन्त्रीलाई ध्यानाकर्षण पत्र

समाचार

काठमाडौं, ५ भाद्र । राष्ट्रिय पिछ्डावर्ग महासंघले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघले ध्यानाकर्षण सहित १९ बुँदे माग समेत प्रस्तुत गरेको हो । मागपत्र बुझ्दै मन्त्री साहले अध्ययन पछि मागबारे छलफल गर्ने आश्वासन दिएकी छन् ।

महासंघका अध्यक्ष कौशलकुमार सिंहको नेतृत्वमा महासंघका राष्ट्रिय उपाध्यक्षहरू रामानन्द पण्डित र राजकुमार चौधरी, केन्द्रीय सदस्य जितन यादव तथा बरही समाजका यूवा अध्यक्ष रामनारायण शर्मा पनि महासंघको प्रतिनिधिमण्डलमा सामेल थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ