रूपन्देही, ६ असोज । सियारी गाउँपालिका–४ धमसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७४ मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कंचन गाउँपालिका–१ बस्ने २९ वर्षीय महेश प्रसाद थारू र २२ वर्षीय जोसेफ चौहान क्षेत्री रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट छपियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया