कैलाली, ६ असोज । धनगढी उपमहानगरपालिका–२ चौराह बस्ने ४८ वर्षीय आनन्द केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा केसी समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६४ हजार ३ सय ८० रूपैयाँ, ९ थान मोवाइल र ३ गड्डी ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया