स्कुल बसबाट लडेर सहचालकको मृत्यु

समाचार

धनुषा, ६ असोज । मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा अन्दुपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको ज.१ क ३०० नम्बरको गोदावरी ईङ्लिस बोर्डिङ स्कुलको बसबाट लडेर बसका सह–चालकको मृत्यु भएको छ ।

जनकपुर उपमहानगरपालिका–१४ बस्ने १७ वर्षीय अमित कुमार यादवको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

बसबाट लडेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ