समग्र कपिलवस्तुले महसुस गर्ने गरि योजना बनाउन पहल गर्छु : योजना आयोग सदस्य खनाल

समाचार

इमरान खान, कपिलवस्तु, ६ असोज । कपिलवस्तुलाई हेर्ने दृष्टिकोणमा परिबर्तन गर्दै समग्र कपिलवस्तुको समृद्धिमा टेवा पुग्ने गरि आफूले योजना बनाउन पहल गर्ने नबनियुक्त लुम्बिनी प्रदेश योजना आयोग सदस्य सरोज खनालले बताएका छन् ।

उद्योग व्यापार संघ कपिलवस्तुका सल्लाहकार समेत रहेका खनालको सम्मानमा उद्योग व्यापार संघ कपिलवस्तुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् ।

कपिलवस्तुलाई हेर्ने दृष्टिकोण अलि हेपाहा प्रवृत्तिको रहेको, हामीले पठाएका योजनाहरु समेत कटौती गर्ने गरेको अबस्था रहेकोमा आफू योजना आयोगमा आइसके पछि अधिकतम योजनाहरु कपिलवस्तुको लागि छनौट गर्न प्रयास गर्ने प्रतिबद्धता जनाए ।

‘यस वर्षको बजेट बनिसकेकोले आगामी वर्षहरुमा बन्ने बजेटमा कपिलवस्तु उच्च प्राथमिकतामा पर्नेछ, आगामी चार वर्षे योजना बनाउँदा प्रदेशबाट बन्ने योजनाहरु धेरै कपिलवस्तुको लागि पार्न अधिकतम प्रयास गर्नेछु । समग्र प्रदेशको योजना बनाउने हँुदा प्रदेशकै समृद्धिका लागि योजना बनाउँदा पनि कपिलवस्तु आफ्नो गृह जिल्ला भएकोले पनि आफ्नो पहिलो प्राथमिकता हुनेछ ।

उद्योग ब्यापार संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष हुमनाथ पौडेलले नबनियुक्त सदस्य खनालको कार्यकाल सुखद र सफल रहोस् भन्ने सुभेच्छाा प्रकट गरे ।

उद्योग ब्यापार संघ, कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिलले प्रदेश योजना आयोगमा नियुक्ति भएकोमा संस्थाका सल्लाहकार समेत रहेका सरोज खनाललाई बधाइ तथा सुखद सफल स्मरणीय अनुकरणीय एबम उदाहरणीय कार्यकालको शुभकामना दिए ।

उद्योग ब्यापार संघ, कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षता, सदस्य सन्तोष गैरेको संचालनमा भयेको उक्त स्वागत सम्मान कार्यक्रममा निबर्तमान अध्यक्ष, संघका पदाधिकारी एबम सदस्यहरु, सल्लाहकार लगायतको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ