विराटनगर, ६ असोज । छैटौँ अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस तथा अन्तर्राष्ट्रिय बहिरा सप्ताह–२०२३ को अवसरमा विराटनगरमा जनचेतनामूलक र्याली निकालिएको छ ।
स्थानीय जनआन्दोलन चोकबाट शनिबार जनचेतनामूलक र्याली निकालिएको थियो ।
राष्ट्रिय बहिरा महासङ्घ नेपाल कोशी प्रदेश समिति, कोशी बहिरा संघ मोरङको आयोजना तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाको सहयोगमा र्याली निकालिएको हो ।
¥यालीको विराटनगर महानगरपालिकाकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले शुभारम्भ गरेकी थिइन् ।
राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेश अध्यक्ष सीताराम ओझाले विश्वभरि असोज १ गतेदेखि साङ्केतिक भाषा दिवस साताव्यापी रुपमा मनाउने प्रचलन रहे पनि आर्थिक अवस्थाकै कारण नेपालमा त्यो सम्भव नभइरहेको गुनासो गरे ।
तपाईको प्रतिक्रिया