काठमाडौं, ७ असोज । पार्टी गठन भएको दुई वर्षपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी नेपाल बल्ल आफ्नो केन्द्रीय समिति गठन गर्न लागेको हो ।
वि.सं. २०७८ साल भाद्र २३ गते जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वको लोसपा गठन भएको थियो ।
लोसपा गठनका बेला केन्द्रीय कार्यकारिणी समिति मात्र घोषणा गरिएको थियो । केन्द्रीय समिति, भ्रातृ संगठन लगायतका अन्य संगठनहरु गठन गरिएको थिएन ।
लामो समयको गृहकार्यपश्चात लोसपाले आफ्नो केन्द्रीय समिति गठन हुन लागेको हो ।
तपाईको प्रतिक्रिया