जनकपुरधाम, ८ असोज । राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधाम आइपुगेका छन् । प्रसिद्ध जानकी मन्दिरमा राष्ट्रपति पौडेलले दर्शन तथा पूजा अर्चना गरेका छन् ।
राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् ।
आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सोही कार्यक्रममा उनलाई जनकपुरधाम उपमहानगरपालिले नागरिक अभिनन्दन गर्ने तय भएको छ ।
तपाईको प्रतिक्रिया