लोसपा केन्द्रीय समिति विस्तारप्रति रमन पाण्डेयको घोर आपत्ति

समाचार

काठमाडौं, ८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठनको दुई वर्षपछि भएको केन्द्रीय समिति विस्तारप्रति संस्थापक मधेशवादी नेता एवं हिन्दी भाषा अभियानी रमन पाण्डेयले घोर आपत्ति जनाएका छन् ।

लोसपा नेपालको विस्तारित केन्द्रीय कार्यसमिति ३११ सदस्यीय रहेको छ । जसमा नेता पाण्डेयलाई केन्द्रीय सदस्य दिएको छ ।

लोसपा केन्द्रीय समिति विस्तारप्रति आपत्ति जनाउँदै नेता पाण्डेयले मधेशवाणीलाई भने, ‘केन्द्रीय समिति विस्तार घोर आपत्तिजनक र निन्दनीय रहेको छ । पार्टी नेतृत्वले क्षमता, समर्पण र योगदानसँग खेलवाड गरेका छन् ।’

वर्षौंदेखि मधेश र पार्टीका लागि संघर्ष गरेका नेता कार्यकर्ताहरुको भावनासँग नेतृत्वले खेलवाड गरेको उनको आरोप छ ।

उनले क्षमता, समर्पण र योगदानसँग खेलवाड नगर्न अध्यक्ष महन्थ ठाकुरसँग आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ