चिनियाँ विस्तारवाद र इस्लामिक अतिवादको विरोध गर्दै गौरमा विचार गोष्ठी

समाचार

रौतहट, ८ असोज । चीनियाँ विस्तारवाद र इस्लामिक अतिवादको विरोध तथा संघीय हिन्दू गणतन्त्रका विषयमा राष्ट्रिय एकता अभियानले सोमबार गौरमा विचार गोष्ठी सम्पन्न गरेको छ।

राष्ट्रिय एकता अभियान रौतहटले आयोजना गरेको गोष्ठीमा अभियानका केन्द्रीय अध्यक्ष एवम् प्रमुख अतिथी विनय यादवले सर्लाही सदरमुकाम मलंगवामा हिन्दू समाजमाथी हमला भएको केही हप्ता भित्रै फेरि अर्को जिहादी आक्रमण भएको भन्दै त्यसको विरोध गरे।

मलंगवा नगरपालिका– ३ स्थित गणेश चतुर्थीको मुर्ति बिसर्जन गर्न जाने क्रममा जिहादीद्वारा हिन्दु धर्मावलम्बीमाथि ढुंगामुढा एवम् चक्कु प्रहार गरेको भन्दै उनले ती ब्यक्तिलाई तत्काल नियन्त्रणमा लिई कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरे। जिहादी आक्रमणबाट केही हिन्दुहरू घाइते समेत भएकाले उनीहरुको उपचारको ब्यवस्था गर्न समेत उनले माग गरेका छन्।

सर्लाहीमा भएको आक्रमण पहिलो नभई मधेश र लुम्बिनी प्रदेशमा विगत केही वर्षदेखि निरन्तर चलिरहेको र विशेष गरी चाडपर्व लक्षित यस्ता आक्रमणहरु हुने गरेको उनले बताए। ‘यस्ता घटनालाई दोहोरिन नदिन सरकारले कुनै प्रयास गरेको मसहुस हुदैन। यसको अर्थ वाह्य शक्तिबाट संचालित जिहादीहरूलाई नेपालमा राजनीतिक संरक्षण प्राप्त भएको स्पष्ट छ।’

 
May be an image of 8 people, people studying and text
 

बाह्य शक्तिको आडमा देशभरी विभिन्न आवरणमा लुकेका जिहादीहरूलाई पहिचान गरी पक्राउ गर्न पनि यादवले सरकारसँग माग गरे।

अभियानका जिल्ला संयोजक रामनिवास सिंहको अध्यक्षतामा आयोजित गोष्ठीमा अभियानका मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह, मधेश प्रदेश समितिका सदस्य पासपत राय यादव, रामप्रसाद महतो लगायतले आफनो विचार ब्यक्त गरेका थिए।

कार्यक्रम संचालन अभियानका जिल्ला सचिव गुड्डू यादवले गरेका थिए भने सैकडो हिंदूवादीहरु अभियान प्रवेश गरेका थिए भने राष्ट्रिय संयोजक यादवले नव प्रवेशीलाई टिका लगाई स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ