काठमाडौं, ९ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको विस्तारित केन्द्रीय समितिप्रति महासचिव पद पाएका अनिल महासेठले असन्तुष्टि जनाएका छन् ।
सोमबार गठन भएको लोसपाको विस्तारित केन्द्रीय समितिमा जिम्मेपद नेताहरु समेटिन नसकेको महासेठको गुनासो छ ।
उनले भनेका छन्, ‘लाखौं प्रतिबद्ध नेता कार्यकर्ता र यो देशमा बहिष्करणमा परेका शोषित, पीडितहरुको आशा, भरोसाको केन्द्र, हाम्रो लोकतान्त्रिक समाजवादी पार्टीका श्रद्धेय अध्यक्ष मा. महन्त ठाकुरजीले विस्तार गर्नु भएको पार्टीको केन्द्रीय समितिमा मलाई महासचिव जस्तो जिम्मेवार पदको लायक सम्झेर मनोनीत गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।’
साथै उनले यस पार्टीमा जिम्मेवार साथीहरूको अवमूल्यन हुनु, उचित स्थान पाउन नसक्नु दुःखद अवस्था रहेको बताएका छन् ।
‘म महासचिवको अपेक्षाकृत थिइन छैन पनि, अहिलेको परिस्थितिमा लोसपाको केन्द्रीय महासचिव पदबाट मेरो नाम हटाएर अन्य जिम्मेवार साथीलाई सो पद दिन आदरणीय पार्टी अध्यक्षजीसँग आग्रह गर्द्छु ! धन्यवाद ! जय देश! जय मधेश ।’
तपाईको प्रतिक्रिया