काठमाडौं, ९ असोज । सर्लाही घटनामा गम्भीर घाइते भइ वीरगंजको बयोधा मेडिसिटीमा उपचाररत रहेका रुपेश यादवको सम्पूर्ण उपचार खर्च निशुल्क गर्न समतामूलक समाज निर्माण महाअभियानले माग गरेको छ ।
प्रतिनिधिसभा सदस्य अजय चौरसियाको विशेष पहलमा स्वास्थय मन्त्री मोहनबहादुर बस्नेतलाई महाअभियानका उपाध्यक्ष सुनिता साह क्रान्तिसहितको टोलीले आग्रह गरेको हो ।
स्वास्थयमन्त्री बस्नेतले घाइते रुपेश यादवको सम्पूर्ण उपचार खर्च निःशुल्क गरिदिने तथा निज घाइतेको उपचारमा कुनैपनि किसिमको लापरवाही नहोस् भनी तत्काल निर्देशन समेत गरिदिएका छन् ।
साथै निरन्तर रूपमा चिकित्सकहरु माथी भैरहेको दुर्व्यवहारप्रति स्वास्थयमन्त्री बस्नेतलाई गम्भीर ध्यानाकर्षण गराउँदै चिकित्सकहरुको सम्पूर्ण सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्ने भन्दै ज्ञापन पत्र समेत बुझाएको महाअभियानकी उपाध्यक्ष साहले जनाएकी छन् ।
चिकित्सकहरुको सुरक्षाको विषयमा स्वास्थयमन्त्रीले तत्कालै गृहमन्त्रीसँग उपरोक्त विषयमा परामर्श गरि अविलम्ब आवश्यक प्रक्रिया प्रारम्भ गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया