रूपन्देही, १० असोज । मायादेवी गाउँपालिका–२ माहादेवाबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने धुलो ३३ ग्राम १ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीया सन्ध्या मल्लाहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त धुलोसहित पक्राउ गरेको हो ।
साथै सोही ठाउँ बस्ने रमई मल्लाहको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो ३३ ग्राम ४ सय ८० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । हाल फरार रमईको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया