ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

मोरङ, १० असोज । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कटहरी गाउँपालिका–४ चम्राई चोकमा प्र.१–०५–००१ ख ००७७ नम्बरको ट्रकले को.१३ प ३० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बुडीगंगा गाउँपालिका–१ बस्ने ३४ वर्षीय चन्द्रमणि अधिकारीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ