सवारी दुर्घटनामा एक जनाको मृत्यु

समाचार

कपिलवस्तु, ११ असोज । वाणगंगा नगरपालिका–२ कलोनी चोकमा लु.९० प ८०१६ नम्बरको मोटरसाइकल र लु.५६ प ४६२७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति दुर्घटना हुँदा लु.५६ प ४६२७ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका पिपरा बस्ने ४० वर्षीय रोम बहादुर बरालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल चार नम्बर हुँदै जिल्ला अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका लु.९० प ८०१६ नम्बरको मोटरसाइकल चालक सामुदायिक अस्पताल चार नम्बरमा उपचार पश्चात डिस्चार्ज भएका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ