वीरगन्ज, ११ असोज । जनता समाजवादी पार्टी नेपाल पर्साको नयाँ जिल्ला समिति गठन भएको छ ।
बिहीबार जसपाका सचेतक एवम् पूर्व मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा बसेको बैठकले जसपा पर्साको नयँ जिल्ला समिति गठन गरेको हो ।
नवगठित जिल्ला समितिको अध्यक्षमा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली मनोनीत भएका छन् ।
जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यहरूको उपस्थितिमा बसेको बैठकले तेलीको नेतृत्वमा गठन गरेको जिल्ला समितिको उपाध्यक्षमा उपाध्यक्षमा ग्यासुदिन मियाँ, अजय चौरसिया र मिथिलेश सिंह, सचिवमा उमेशलाल सहनी, सहसचिवमा सुशील साह कानु, सुनिल कुशवाहा र नुर आलम अन्सारी, कोषाध्यक्ष प्रेमकुमारी सिंह, सदस्यमा असलम आलम, अजय सर्राफ, बैजुलाल स्वर्णकार, नेक महम्मद अन्सारी, सुनिता शर्मा, सुरज मानन्धर, खैरुदिन मियाँ र प्रतिमा सिंह रहेका छन् ।
बैठकले यसअघि राम नरेश यादव अध्यक्ष रहेको तदर्थ समितिलाई खारेज गर्दै नयाँ जिल्ला समिति गठन गरेको सह–सचिव सुशील कुमार कानुले जानकारी दिए ।
तपाईको प्रतिक्रिया