चार केजी गाँजासहित दुई पक्राउ

समाचार

पर्सा, १२ असोज । बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका–९ बिश्रामपुर बस्ने ४२ वर्षीय लोटन राउत र ४० वर्षीय देबलाल साह कलवार रहेका छन् ।

प्रहरी चौकी प्रसानीभाटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ