छुरा प्रहारबाट मृत्यु

समाचार

झापा, १२ असोज । दमक नगरपालिका–१ कुमाल चौकमा छुरा प्रहार हुँदा ईलाम चुलाचुली गाउँपालिका–३ बस्ने ३८ वर्षीय गोविन्द लिम्बुको शुक्रबार बिहान मृत्यु भएको छ ।

दमक नगरपालिका–७ बस्ने २५ वर्षीय सनम राईले एक्कासि छुरा प्रहार गर्दा गम्भीर घाइते भएका लिम्बुलाई तत्काल उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा अस्पताल पु¥याउनासाथ उनको मृत्यु भएको हो ।

घटनापश्चात राई छुरा लिई फरार भएको र निजसँग वतन नखुलेका करिब २३ वर्षीय पुरूषसमेत रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ