आगलागीबाट ६ लाखभन्दा बढीको क्षति

समाचार

सप्तरी, १२ असोज । हनुमाननगर कंकालनी नगरपालिका–५ जोगिनिया भागवती टोल बस्ने रोहित रामको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

शुक्रबार बिहान लामखुट्टे धपाउन बालेको धुपबाट आगलागी हुँदा घर, अन्नपात, लताकपडा, फर्निचर लगायतका सामान जलेर करिब ६ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ