सवारी दुर्घटनामा दुई जनाको मृत्यु

समाचार

सुनसरी, १२ असोज । ईटहरी उपमहानगरपालिका–१२ पुरानो ट्रान्सपोर्टस्थित सडकमा शुक्रबार बिहान दुई वटा मोटरसाइकल र बस एक आपसमा  ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेहरूमा देश १–०२–०४६ प ७२५८ नम्बरको मोटरसाइकल चालक मोरङ बिराटनगर महानगरपालिका बस्ने १९ वर्षीय अजित थापा र मोटरसाइकलमा सवार सुनसरी देवान्गंज गाउँपालिका–५ बस्ने २३ वर्षीय पवन कुमार साह रहेका छन् । 

प्रदेश १–०२–०४६ प १९६७ र प्रदेश १–०२–०४६ प ७२५८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर पुनः स.१ ख ८१६ नम्बरको बसमा ठक्कर खाई भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका १ जनाको बिराटनगर नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ  । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ