प्रेमचन्द्र झा, रौतहट, १३ असोज । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेलमा मदिरा सेवन गरि होहल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टार पक्राउ परेको हो ।
वास्तविकता छानबिन भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । पक्राउ पर्नेमा गरुडा नगर पालिका वडा नम्बर १ जयनगरका राज कुमार साह सहितका टिकटक स्टार रहेका छन् ।
पक्राउ गरिएका सबै दोषी नरहेको घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
बिहीवार राति १२ बजेसम्म तलको हलमा अश्लील नृत्य तथा होहल्ला भइरहेको सूचना स्थानीय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए । प्रहरी पुग्न साथ अन्दाजी डेढ सयभन्दा बढीको संख्यामा रहेका दर्शक भागेका थिए ।
तपाईको प्रतिक्रिया