ब्राउनसुगरजस्तो पदार्थसहित एक पक्राउ

समाचार

बाँके, १३ असोज । नेपालगंज उपमहानगरपालिका–१४ गोसाईपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

साथै प्रहरीले उनको घर तलासी गर्दा थप ५ सय मिलिग्राम उक्त पदार्थ फेला पारी बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ