जुवातास खेलिरहेका ९ जना पक्राउ

समाचार

कैलाली, १४ असोज । गोदावरी नगरपालिका–१ लिशा कम्पनीस्थित दुर्गा घलेको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

सोही नगरपालिका–१० बस्ने ६७ वर्षीय बिर बहादुर ऐरसमेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ८५ रूपैयाँ र ५ बुक गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ