मोरङ, १४ असोज । बिराटनगर महानगरपालिका–६ भाटभटेनी सुपरमार्केटबाट ५ सय दरको ७ थान र २ सय दरको २० थान नक्कली भारतीय नोटसहित एक जना पक्राउ परेका छन् ।
सुनसरी हरिनगरा गाउँपालिका–६ बस्ने ३४ वर्षीय ईशान अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त सुपरमार्केटबाट १ हजार ६ सय बराबरको बिभिन्न सामान खरिद गरी अन्सारीले नक्कली भारतीय नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिराटनगरबाट प्रहरी खटेको थियो ।
उनलाई उक्त नोट र उनले प्रयोग गरेको बा.१६ च ७६१३ नम्बरको कारसहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया