पर्सा, १४ असोज । वीरगंज महानगरपालिका–१७ स्थित सडकमा मधेश प्रदेश–०३ ०२५ प ९७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही हरिपुर नगरपालिका–१ हजरिया बस्ने ३६ वर्षीय रोसन बस्नेतको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया