आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

समाचार

मोरङ, १४ असोज । बिराटनगर महानगरपालिका–१२ बस्ने पासाङ लामाको सोही ठाउँस्थित सिटी चार्ज ग्यारेजमा आगलागी भएको छ ।

बिराटनगर १ ह ०१६० नम्बरको सिटीमा विद्युतीय लाइन दिई चार्ज गर्ने क्रममा आइतबार बिहान आगलागी हुँदा बिराटनगर १ ह ०५२२ नम्बरको सिटी सफारी समेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ