मेरो शिष्य देशको शीर्ष नेतृत्वमा पुगेको देख्ने धोको छ : प्रचार्य दाहाल

समाचार

सर्लाही, १४ असोज । बहुप्रतिभावान युवा व्यक्तित्व चन्द्र भुषण साहकृत ‘नेपालको राजनीति दशा र दिशा’ नामक पुस्तक आज एक अनौपचारिक कार्यक्रमका बिच श्री सरस्वती माध्यमिक विद्यालय, भक्तिपुरको पुस्तकालय र गुरु वर्गलाई निःशुल्क एवं स–प्रेम हस्तान्तरण गरिएको छ ।

सो सन्दर्भमा विद्यालयका प्रचार्य सिताराम दाहालले आफ्नो शिष्य समेत रहेका पुस्तकको लेखक सीबी साहलाई सरस्वती माविको सुन्दर गहना र गौरव रहेको बताएका छन् ।

उनले मुस्कुराउदै भने, “चेलवा तिमी यो देशको शिर्ष नेतृत्वमा पुगेको देख्ने धोको छ । तिम्रो लागी हामीले के गर्दा राम्रो हुन्छ, हामी सबै गर्न तयार छौं । बस तिमीले यो गाऊँ, समाज र देशको सेवा यसरी नै अविचलित भैई गरिरहनु पर्यो । खुट्टा कमाउनु भएन गुरूहरूको शुभेच्छा र आशिर्वाद सदैव रहिरहनेछ ।“

आईटी आर्मीका राष्ट्रिय अध्यक्ष तथा आम जनता पार्टीका केन्द्रीय प्रवक्ता समेत रहेका लेखक साहले यस पुस्तकले नेपालमा वैकल्पिक बहस र आलोचनात्मक चेतनालाई बढावा दिने, खुला एवं स्वस्थ संवादलाई प्रोत्साहन गर्ने तथा समाज र देशको गुणात्मक सुधारमा समेत महत्वपूर्ण सहयै भूमिका एवं योगदान पुर्याउने तर्क गर्दै आफुले स्कुली शिक्षा हासिल गरेको श्री सरस्वती उमावि परिवार तथा आफ्ना आदरणीय गुरु वर्गको आफुप्रतिको अपेक्षा र विश्वासलाई टुट्न निदिन हरसम्भव प्रयास गर्न प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उक्त अवसरमा विद्यालयका शिक्षकहरुः भवनाथ गैरापिपलि, दयाराम ठाकुर, दिपेन्द्र राय यादव, राजेन्द्र न्यौपाने, कुशल पोखरेल, सन्तोष साह, नरवदा अचार्य, विजय साह, लक्ष्मण राजभण्डारी, विरेन्द्र यादव, विजय चौधरी, अर्जुन महतो, ज्योति खडका, अपसरा सेन्चुरी लगायतका दर्जनौं शिक्षक – शिक्षिकाहरुको उपस्थिति समेत रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ