बाँके, १४ असोज । कोहलपुर नगरपालिका–१३ चप्परगौडीस्थित सडकमा भे. १ क २०२९ नम्बरको टिपरको ठक्करबाट साईलयात्री बैजनाथ गाउँपालिका–४ तिलकपुर बस्ने ७० वर्षीय पतिराम थारुको आइतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया