महोत्तरी, १५ असोज । मटिहानी नगरपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय महोत्तरीद्वारा मटिहानीमा नागरिकताबारे विद्यमान कानूनी व्यवस्था सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
अन्तरक्रियामा वंशज, जन्मसिद्ध, गैरआवासीय, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी विद्यमान कानूनी व्यवस्था र विधि प्रक्रियाबारे छलफल भएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नागरिकता प्रदानबारे अहिले देखिएका कानुनी व्यवस्थाबारे प्रष्ट पार्ने यो कार्यक्रमको आयोजना गरिएको बताए ।
उनले सरल र सहज रुपमा कानूनी प्रक्रिया पूरा गरी नागरिकताका लागि सिफारिस गर्नु पर्नेमा जोड दिए ।
मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, प्रशासकीय अधिकृतहरु अशोक अधिकारी, शशिमोहन दासले नागरिकता प्रदानबारे जानकारी गराए ।
कार्यक्रममा उप–प्रमुख मञ्जु देवी साहसहित प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, वडा सचिवहरुसहित ३५ जना सहभागी रहेका थिए ।
तपाईको प्रतिक्रिया