केरामा देखा परेको पानामा रोगबारे सचेत रहन आग्रह

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, १५ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय बर्दियाले सूचना प्रकाशित गरि बर्दियाका व्यवसायी केरा खेती गर्ने किसानहरुलाई केरामा देखा परेको पानामा रोगबारे सचेत रहन आग्रह गरेको छ ।

कैलाली जिल्लाको टीकापुर क्षेत्रमा केही केरा बगैचामा हालसालै केराको बोट ओइलाउने पानामा रोगको खतरनाक प्रजाती टिआर ४ देखिएकोले सो रोग अन्यत्र पÞmैलिन नदिनका लागि विभिन्न संचार माध्यमबाट सूचना प्रकाशित गरि किसानहरुलाई सचेत रहन आग्रह गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई कार्यालय बर्दियाका कार्यालय प्रमुख कृष्ण धितालले बताए ।

प्रमुख धिताल भन्छन्, “यो रोग माटो, पानी, कृषि औजार, उपकरण र रोग संक्रमित बिरुवाजन्य बस्तुहरुबाट फैल्न सक्ने भएकाले शंकास्पद केरा बगैंचामा जाँदा जुत्ता चप्पललाई सुजकभर वा पलास्टिकले ढाकेर मात्र जाने र केरा बगैंचाबाट निस्कनु पुर्व गहिरो खाडलमा गाड्ने वा सुरक्षित साथ जलाएर नष्ट गर्ने तथा संक्रमित बगैंचाबाट केराका बिरुवा तथा बिरुवाजन्य उपजहरु जथाभावी अन्यत्र नलैजाने, तुरुन्त प्रजनन तरिकाबाट उत्पादित रोगरहित स्वस्थ बिरुवा मात्र रोप्ने गर्नुपर्छ ।

केरा बगैंचामा प्रयोग हुने औजार उपकरणलाई १ प्रतिशत सोडियम हाईपोक्लोराइट वा १० प्रतिशत ब्लिचमा ( ९०० एम एल पानीमा १०० एम एल ब्लिचमा राख्ने ) उपचार गरेरमात्र अर्को फिल्डमा प्रयोग गर्ने, केरा तथा केराका बिरुवा तथा बिरुवाजन्य बस्तुहरु ओसारपसार गर्ने ढुवानीको साधनहरु शंकास्पद बगैंचा भित्र प्रवेश गर्न नदिने ।

यसैगरी सबै व्यवसायी केरा खेती गर्ने किसानहरु सचेत हुन सके यो रोग एक ठाउँबाट अर्को ठाउँमा फैलन सक्दैन र किसानहरु ठुलो क्षति हुन बाट बच्न सक्नु हुन्छ । यस बारे सबैजना समयमै सचेत बनौं उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ