काठमाडौं, १५ असोज । नेपालका लागि नेपाली पार्टी उपत्यका समितिद्वारा मधेश मीडिया हाउस अनामनगर काठमाडौंमा उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला, भेटघाट र छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्ने अथितिहरुले सनातन धर्मको रक्षा, गौहत्या, नेपालीपन, लबजिहाद, धर्म परिवर्तन, ओमकार परिवारमा एकता, संगठन विस्तार, सम्पूर्ण नेपाली जनताको अभिभावकीय पार्टीको रुपमा स्थापित गर्ने, आउदो निर्वाचनमा राष्ट्रिय पार्टिको रुपमा स्थापित गराउने, एक व्यक्ति एक पद, राष्ट्रिय सम्पत्तिको संरक्षण, राष्ट्रिय सम्पदाको संरक्षण, धार्मिक स्थलको निगरानी, गुरुजनको सुरक्षा, राष्ट्रघाती समझौताको भंडाफोर, भ्रष्टाचारको अंत्य र राष्ट्रिय विभूतिहरुको सम्मान भन्ने विषयमा गहन छलफल र बिचारबिमर्श गरिएको हो ।
कार्यक्रममा नेपालका लागि नेपाली पार्टीका संस्थापक अध्यक्ष अधिवक्ता भुवन थापा, केन्द्रीय अध्यक्ष संतोषानन्द महाराज, केन्द्रीय उपाध्यक्षहरु इंजीनियर रामभक्त बाड़े, पिंकी महासेठ, महामंत्री दीपक महाराज आत्रेय, पूर्व केन्द्रीय उपाध्यक्ष कुशल कुसुम, पूर्व केन्द्रीय महामंत्री सागर खड़का, पूर्व केन्द्रीय सचिव राजेन्द्र प्रसाद बिष्ट, केन्द्रीय सदस्यहरु महेश्वर बाबा, सुस्मिता थापा, राजदेवी जैसवाल, पूर्व केन्द्रीय सदस्यहरु विष्णु प्रसाद सापकोटा, कृष्ण प्रसाद भट्टराई, मधेस प्रदेश सह सचिव रामप्रसाद कुर्मी, भक्तपुर जिल्ला संयोजक रबीन तंडूकार, अभियान्ता अलिराज शाही ठकुरी लगायतकाले आआफ्नो बिचार व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया