विराटनगर, १६ असोज । नेकपा (एमाले)को कोशी प्रदेश अधिवेशनले प्रदेश अध्यक्षमा घनश्याम खतिवडालाई निर्वाचित गरेको छ ।
घनश्याम खतिवडाले ५१२ मत प्राप्त गरी विनोद ढकाललाई पराजित गरेका छन् । विनोद ढकालले ४३० मत प्राप्त गरेका हुन् ।
यसैगरी, उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा राजकुमार भण्डारी विजयी भए । त्यस्तै दुई जना उपसचिवमा जलवर्षा राजवंशी र देवान राई विजयी भएका छन् ।
कोशी प्रदेशको १ सय ३७ पालिका र विभिन्न जनवर्गिय संघ संगठन तथा मजदुर र दलित गरी ९ सय ९७ जना मतदाता रहेको मा ९ सय ७७ जनाले आइतवार राती भएको मतदानमा भाग लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया